
काठमाडौं, मंसिर, १६ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजी माथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् ।

त्यस्तै तेक्वान्दो पोम्सेतर्फ नेपालकी आयशा शाक्य र सन्जिवकुमार ओझाको जोडीले स्वर्ण पदक हात परेका छन् । २९ वर्ष माथिको उमेर समुहमा शाक्य र ओझाले कुल ८.१६० अंक प्राप्त गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । ७.८६० अंकका साथ पाकिस्तानले रजत जित्यो भने बंगलादेशले ७.८५० अंकका साथ कास्य पदक जितेकी थिइन् । तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी हुन् । उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् ।

त्यस्तै कराँतेतर्फ अनु अधिकारीले स्वर्ण पदक ल्याएकी छिन् । अधिकारीले ५० केजी तौल समूहको फाइनल खेलमा श्रीलङ्काली खेलाडीलाई ८.० ले पराजित गरेकी हुन्। उनले टिक्निकल नक आउट गरेकी हुन् ।

यस अघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै स्वर्ण जितेकी थिइन् ।

यस्तै श्रीलंकालीले पाकिस्तानकि खेलाडी गुल सबिरोलाई ३-१ अङ्कले पराजित गरेकी थिईन कराँतेमा सोमबार ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा नेपालले ७ वटा स्वर्ण र दुईवटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ ।

त्यस्तै नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा करातेमा अर्को स्वर्ण पदक जितेको छ । सातदोबाटोमा जारी करातेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १ –० को अन्तरले पराजित गरेका हुन् ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा पनि स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ६ पुगेको छ । कराँतेका विप्लव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ८४ केजी माथि तौल समूहको स्पर्धामा स्वर्ण जितेका छन् । १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९८० स्कोर गरेको थियो । भारतीय टोलीले ७.९७० र कास्य पदक विजेता बंगलादेशले ७.७६० स्कोर प्राप्त गरेको छ ।
सोमबार भएको खेलमा नेपालले कराँतेमा सात, तेक्वान्दोमा पाँच र ट्रायथलनमा एक स्वर्ण पदक जितेको हो।

१३ औं सागका स्वर्ण पदक विजेता
स्वर्ण पदक
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
कराते (५५ केजी) – लक्ष्मण तामाङ
कराते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
कराते (४५ केजी मुनी)- कुसुम खड्का
कराते (५० केजी मूनि) अनु अधिकारी
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
ट्रायथलन – सोनी गुरुङ
रजत पदक
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ
कास्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथोलन – बसन्त थारु
