१३ औं सागमा पुरुष फुटबलमा भुटानद्वारा बंगलादेश पराजित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  474 पटक हेरिएको

काठमाडौं, मंसिर, १६ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ ।

दशरथ रंगशालामा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा पहिलो तथा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ ।

खेल तालिका अनुसार सोमबार साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाबीच खेल हुने छ । नेपालले आफ्नो पहिलो खेल मंगलबार भुटानसँग खेल्नेछ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार