काठमार्डौं, मंसिर, १६ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ ।
१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।