
पोखरा, मंसिर, १६ ।

अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।
पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।
अञ्जलीको कीर्तिमानी बलिङले कायम गर्यो बिशश्वरेकर्ड
नेपाली महिला क्रिकेटर अञ्जली चन्दले डेब्यू खेलमै अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड बनाएकी छिन् । उनले विश्व क्रिकेटका दिग्गज खेलाडीहरु सबैलाई उछिन्दै अन्तर्राष्ट्रिय टि–२० मा बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाएकी हुन् ।

आज जारी माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएर अन्तर्राष्ट्रिय टि–२० अन्तर्राष्ट्रियमा नयाँ इतिहास बनाएकी हुन् । पोखरामा भइरहेको खेलमा अञ्जलीले आफ्ना सुरुका २ ओभरमध्ये पहिलो ओभर ३ विकेटसहित मेडन र दोस्रो ओभर २ विकेटसहित मेडन राखिन् र तेस्रो ओभरको पहिलो बलमै विकेट लिँदै इतिहास बनाएकी हुन् ।
उनको यो इनिङको इकोनोमी शुन्य छ । यसअघि यो रेकर्ड मलेसियाकी मास एलियाको नाममा थियो । एलिसाले गएको जनवरीमा चीनविरुद्ध भएको खेलमा ४ ओभरमा १ ओभर मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
