१३औं सागमा तेक्वान्दोको कमल श्रेष्ठले दिलाए नेपाललाई तेस्रो स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  806 पटक हेरिएको

काठमाडौं, मंसिर, १६ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार