१३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  978 पटक हेरिएको

काठमाडौं मंसिर, १६ ।

काठमाण्डौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।

मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।

यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितिसकेको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार