सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  792 पटक हेरिएको

काठमाडौं, मंसिर, १६ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ ।

कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।

तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् । पाकिस्तानले स्वर्ण पदक जिते भने श्रीलंकाले कास्य पदक जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार