केहीबेरको बिबाद पछी नेकपा बैठकमा दुबै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  438 पटक हेरिएको

काठमाडौं मंसिर १६।   

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो ।

बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । औपचारिक बैठकसँगै नेताहरुबीच अनौपचारिक छलफल र सम्वादहरु पनि हुने उनले बताए । शुरूमा भनाभनबाट शुरू भएको बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल नगर्ने ओलिको अडानमा सचिवालयका अन्य सदस्यहरूले बिरोध गरेपछी दुबै प्रस्तावमा छलफल गर्म ओलि सहमत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार