काठमांडौ, मंसिर १४ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ निर्वाचन तालिका प्रकाशित भएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ ।
गत अक्टोवर महिनामा तय गरिएको निर्वाचन परराष्ट्र मन्त्रालयले रोकिदिए पछि अन्योलता शृजना भएको थियो । गत आइतवार पाटन उच्च अदालतले अध्यक्ष कुमार पन्तद्वारा हालीएको रिटको प्रारम्भिक आदेश अनुरूप मन्त्रालयको पत्र कार्यन्वयन नगर्न आदेश दिएपछि चुनावको बाटो खुलेको हो । संघको नेतृत्वको लागि डा. बद्री केसी, कुल आचार्य र रविना थापा मैदानमा छन् ।
निर्वाचन समितिद्वारा जारी निर्वाचन सम्बन्धि बिज्ञप्ति