छिन्नमस्तामा राजपा उम्मेदवार विजयी, सीके राउतको पार्टीलाइ ११ भोट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  436 पटक हेरिएको

सप्तरी, मंसिर १४।

सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छिन । राजपाकी यादवले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् ।

प्रमिलाले ५४० मत प्राप्त गर्दा नेकपाका अक्षयले ५२९ मत प्राप्त गरेका छन् । छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाएर चुनाव लडेका थिए।

नेपाली कांग्रेसले १५ भोट पाएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भने ११ मत प्राप्त गरेको छ । पृथकतावादी नारा त्यागेर सीके राउतको पार्टी चुनावमा सहभागि भएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार