समाजबादी पार्टीले पनि खाता खोल्यो, सर्लाही हरिपूर्वा-१ मा समाजवादी पार्टी विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  647 पटक हेरिएको

सर्लाही, मंसिर १४।

सर्लाही हरिपूर्वा वडा नं. १ मा आज भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ।

समाजवादीका उम्मेदवार श्यामबाबु रायले राष्ट्रिय जनता पार्टीका प्रतिद्वन्द्वी राम विश्वास रायलाई पराजित गरेका हुन्।

श्यामबाबुले कुल खसेको मत १० सय ९३ मा ३ सय ४७ मत ल्याएका छन् भने रामविश्वासले ३ सय २८ सय मत ल्याएका निर्वाचन अधिकृत धरमपथ राउतले जानकारी दिए। यस्तै नेकपाले पनि ३ सय २८  मत नै प्राप्त गर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार