धादिङ्गको खाल्टे स्थित फ्याक्सेमा पुस्तकालय स्थापना अभियान शुरु, पुराना पुस्तकहरु उपलब्ध गरि सहयोग गर्न अभियान्ता यम खड्काको अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  561 पटक हेरिएको

काठमाण्डौँ, मंसिर १५ ।  

पुरानो किताब नफालौ, सबैमा शिक्षाको ज्योति बाढौ,बढाऔ भन्ने उद्देश्यका साथ धादिङ्गको खाल्टेमा पुस्तकालय खाल्ने अभियान संचालन गरेका छन । धादिङ्गको स्थानिय जनसमुदायसँग सहकार्य गरेर उक्त कार्य गर्न लागिएको उक्त क्याम्पियनका अभियान्ता यम खड्काले जानकारी गराउनु भयो । आज सानो उमेरमानै समाजको लागि धेरै राम्रा काम गर्नुहुने समाजसेवि बहिनी निशा चापागाँईबाट आफूसंग भएको पुराना किताबहरु र्याक शिखरपुर क्लब मार्फत २०० थान किताब हामीलाई हस्तान्तरण गर्नु भएको छ। उहाँको उज्ज्वल भबिस्यको कामना गर्दै उक्त किताबलाई धादिङ्गको खाल्टे फ्याक्सेमा रहेका गरिब बर्गको पहुँचमा पुर्याउने उद्देश्यले खाल्टेमा सामुदायिक स्तरमा पुस्तकालय खोल्ने उद्देश्यले पुराना किताबहरु संकलन कार्य शुरु गरेको सामाजिक अभियान्ता यम खड्काले भिजन अनलाईन न्युजलाई जानकारी गर्नुभयो ।

यसकार्यको लागि सहजकर्ता बन्नु हुने भाइ अर्बिन मकाजु साथै निशा चापागाँई ज्यू प्रती आभारी रहेको समेत बताए । धादिङ्ग जिल्ला निलकण्ठ न.पा.५ खाल्टे(फ्याक्सेमा) सबै बर्ग समुहलाई लक्षित गरि विशेष बालबालिकालाई टेवा पुग्ने गरि समुदाय नजिकै पुस्तकालय खोल्ने उद्धेश्यका साथ हामी जुटिरहेका छौ अभियान्ता यम खड्काले जानकारी गराउनु भयो। उक्त अभियानलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि हजुरहरुसंग भएको जुनसुकै पनि पुराना पुस्तकहरु जस्तै इतिहास, कला, साहित्य, गणित, अर्थ, बिज्ञान, राजनिती, भुगोल, धर्म, मनोरञ्जन साथै अन्य पाठ्यपुस्तक पुरानो अथवा नयाँ छ भने,हामिलाइ दिन समेत सम्पुर्ण दर्शकस्रोता तथा अन्य अभियान्तालाई समेत हार्दिक अपिलका साथै अनुरोध समेत गरेका छन ।

तपाईको सानो सहयोगले दुर दराजका अनाथ असहाय र शिक्षाको क्षेत्रबाट टाढा रहेका बर्ग समुदायमा शिक्षाको ज्योति पुर्याउन सक्ने भएकोले तपाईहरुसँग भएको पुराना किताबहरु निजहरुलाई उपलब्ध गराउन समेत हार्दिक अनुरोध गर्दछौँ ।  उक्त पुस्तकालय खोल्नको लागि ६०० थान पुस्तकको आबश्यक रहेको र हालसम्म३२५ थान पुस्तकहरु जम्मा भएको र अन्य पुस्तकहरु संकलन कार्य जारी रहेको पनि अभियान्ता यम खड्काले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । पब्लिकेसन्समा आबद्ध साथीहरूले यस बिषयमा एकपटक बिचार गरिदिनु हुन र आबश्यक सहयोग गर्न पुस्तकालय निर्माण कार्यमा संलग्न अभियान ग्रुप विनम्र अनुरोध समेत गर्दछ ।

सम्पर्क ब्यक्ति :-

१. यम खड्का:- ९८६०३४१६५३
२. बद्री प्रसाद ढ्ङ्गाना:- ९८६९५६२९९८ मा सम्पर्क गरि पुस्तकहरु उपलब्ध गराउन सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार