१३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  435 पटक हेरिएको

काठमाडौं, मंसिर, १४ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ।

शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो। 

भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को जित निकालेको भारतले तेस्रो सेट पनि २५-१६ ले सहज रुपमा जित्यो। महिला भलिबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र श्रीलंकाबीच खेल हुँदैछ। श्रीलंकालाई हराउन सके नेपाल पहिलो पटक फाइनलमा पुग्नेछ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार