
सल्यान, मंसिर, १४ । सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा पनि नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।
कुमाखमालिका ५ यसअ घि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो । दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ । नेपाली कांग्रेसले अघिल्लो चुनावमा यस वडामा १८० मत मात्रै पाएकोमा यसपालि केही मत बढाएको छ ।
