अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने सरकारको तयारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  294 पटक हेरिएको

काठमाडौं, मंसिर १५ ।   

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार, ‘अहिलेलाई काठमाडौंबाट एउटा र दिल्लीबाट एउटा फ्लाइट सुरु गर्छौ । कस्ता यात्रुलाई आउन दिने के(के मापदण्ड हुने भन्ने दुई देशको उड्डयन निकायले तय गरेपछि अर्को साताबाट उडान सुरु हुन्छ ।’

चैत ११ यता नेपाल–भारत उडान रोकिएपछि यताबाट जाने र उताबाट आउनुपर्ने लाखौं यात्रु प्रभावित भएका छन् । मन्त्रिपरिषद्को नयाँ निर्णयपछि नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिनुपर्छ ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री भारतमा नियमित उडान सञ्चालन गर्नेबारे सरकारको तर्फबाट अहिलेसम्म कुनै निर्देशन नआएको बताउँछन् ।यसले नेपाल एअरलायन्सको करडौ घाटालाई केही हदसम्म राहत दिने सरकारको बुझाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार