कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी

उप-निर्वाचन २०७६

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  553 पटक हेरिएको

कञ्चनपुर, मंसिर, १४ । खानेपानी मन्त्रि बिना मगरको गृहजिल्ला समेत रहेको कन्चनपुरमा उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।

कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो । खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा यस अघि पनि नेकपाले नै जितेको थियो । नेकपाका वडाध्यक्ष फैरु तामाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो । गत ०७४ को चुनावमा तत्कालीन एमालेका फैरु तामाङले ४५४ र माओवादीका आइतबहादुर तामाङले १८७ गरी नेकपाको पक्षमा कुल मत ६४१ खसेको थियो ।

यसपालिको उपचुनावमा नेकपाका तामाङ ५२८ मत पाएर विजयी बनेका छन् । अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ । यहाँ बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार