उपनिर्वाचन : रोल्पाको थवाङ गाउँपालिका १ बाट नेकपाले खाता खोल्यो

उप-निर्वाचन २०७६

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  841 पटक हेरिएको

रोल्पा, थवाङ्ग, मंसिर, १४। नेकपाले रोल्पाको थवाङ्गबाट वडा अध्यक्षमा बिजय हात पार्दै उप–निर्बाचनमा खाता खोलेको छ । राेल्पाकाे थवाङ गाउँपालिका १ काे वडाध्यक्षमा नेकपाका जनकबहादुर बुढा विजयी भएका छन् ।

उपनिर्वाचन भएकाे ५२ स्थानमध्ये सबैभन्दा कम मतदान भएकाे थवाङमा विजयी उम्मेद्वारले १७४ मत ल्याएका थिए । नेपाली कांग्रेसका कलमबहादुर रोकाले २६ मत मात्र ल्याएकाे मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद  ज्ञवालीले जानकारी दिए । २०९ मत खसेकाेमा ९ मत बदर भएकाे थियाे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार