फुकुओकामा वाजिरो नेप्लिज सर्भिस सोसाइटी र गाउँले रेष्टुरेन्टको संयुक्त आयोजनामा स्युस्योकु सेमिनार हुने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1129 पटक हेरिएको

फुकुओका, जापान, नोभेम्बर ३० । जापानको फुकुओका स्थित वाजिरोमा बस्ने नेपालीहरुको साझा संस्था वाजिरो नेप्लिज सर्भिस सोसाइटी र गाउँले रेष्टुरेन्टको संयुक्त आयोजनामा गत बर्ष २०१९-०१-२७ मा यसै वर्ष स्युस्योकु सेमिनार आयोजना गरी आठ(८) जना नेपाली विधार्थीहरुले विधार्थी भिसाबाट वर्किङ्भिसा प्राप्त गरिसक्नु भएको कुरा जनमानसमा अबगत नै भएको कुरा हो।

बिगतका बर्ष देखि नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि स्युस्योकु सेमिनार गर्दै आएको छ । यस बर्ष पनि नेपालीहरुको भबिष्यलाई मध्यनजर गर्दै आउदो २०१९ को डिसेम्बर ८ तारिकमा आयोजना गर्न गईरहेको छ । “विधार्थीहरुको सफलता र उज्वल भविष्य नै हाम्रो संस्थाको मुल उद्देश्य पनी हो”। विधार्थी भिसामा जापान आई आफ्नो अध्ययन पुरागरी धेरैजसो विधार्धीहरुले जापानमै विभिन्न निकायहरुमा काम पनी गरिराख्नु भएको छ ।

यसैलाई मध्यनजर गर्दै पुनः दोस्रो पटक २०२० को मार्च (3月)मा सेनमोन गाक्को र दाईगाक्को सकेर बसेका विधार्थीहरुलाई लक्षित गरी सेमिनार आयोजना गर्दैछौँ र यो हाम्रो संस्थाको सानो प्रयासले धेरै विधार्थीहरुलाई लाभान्वित बनाउने कुराम हामी विश्वस्त रहेको वाजिरो नेप्लिज सर्भिस सोसाईटिका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिका सह–सचिब समेत रहेका बिबेक बुढाथाृकिले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

गाउँले रेष्टुरेन्टका संचालक तथा गैर आवासीय नेपाली संघ, क्युस्यु क्षेत्रीय कार्यसमितिका पूर्व अध्यक्ष श्री किरण बर्माको सक्रियतामा पोहोरबाट स्युस्योकु सेमिनार शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार