दशरथ रंगशालामा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)उद्घाटनको पूर्वअभ्यास

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  990 पटक हेरिएको

काठमाडौं ,मंसिर १३ ।


काठमांडौ स्थित दशरथ रंगशालाको कबडहलमा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) का महिला र पुरुष भलिबल खेल जारी छ । सार्क राष्ट्रका ८ देश सहभागी उक्त १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) उद्घाटनका लागि दशरथ रङ्गशालामा शुक्रबार पूर्वअभ्यास गरिएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत राष्ट्रिय खेलाडी र कलाकारहरुले गरेको पूर्वअभ्यास हेर्न लायक देखियो । १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)मा सहभागी भएका सबै देशका खेलाडीहरूको समेत सहभागी भएका उक्त पूर्व अभ्यासमा मानव साँगलोद्वारा निर्माण गरीएको सार्क राष्ट्रहरूको नाम सहितको रोचक दृश्य देखिन्थ्यो ।

२०७२ बैशाख १२ गतेको महाभूकम्पले जीर्ण बनेको दशरथ रंगशाला चीन सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्माण जारी छ । पुनर्निर्माणको काम पुरा नभएपनि १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)खेललाई मध्यनजर गरी रात दिन खटीएर हिजो मात्र दर्शक दीर्घा तयार पारीएको हो ।

फोटोमा हेरौ दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार