नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ चयन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  541 पटक हेरिएको


जापान, मंसिर १४ ।   

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको र पछिल्लो समय जापानमा पनि संक्रमण तिव्र रूपमा फैलिएकोले स्वास्थ्यलाई ध्यानमा राख्दै आईतवार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा सम्पन्न गरीएको नेफिनका केन्द्रीय महासचिब शान्त पहरीले भिजन अनलाईन न्युजलाई जानकारी गराए ।

अधिबेशनबाट अध्यक्षमा कर्साङ तामाङ सर्वसहमतिले चयन गरीएको छ । महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दिप लिम्वू र दिवस पुन मगर त्यस्तै सचिबमा बिनय गुरुङ चयन भएका छन । कार्य समितिको सह सचिवमा भने स्मृति मोक्तान ,कोषाध्यक्षमा प्रिन्स पुन चयन भएका छन । सदस्यहरु अभिसेक लिम्वू, रमेश पहरी ,रिन्जी शेर्पा ,कल्पना चेम्जोङ चयन भएका छन ।

नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो ।
नव निर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमका विच एनआरएनए आइसीसीका ददिवल खड्का,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेफिन जापानका केन्द्रिय महासचिव शान्त पहरी लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार