अमेरीका, मंसिर १३ । अमेरीका स्थित न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन्।
हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन)मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने विषय लेख प्रकाशित भएको छ । साथै यस अघि उनको एक सफल मालिक हुन चाहिने पाँच गुणहरू विषयमा लेख प्रकाशित भएको थियो।
मानिस सफल बन्नका लागि लेखक राजनका पाँच सुझाबहरु
१. बलियो मानसिकता (Strong mindset)
२. आत्मबिश्वास (Be confident)
३. समस्यासँग नडराउने (Don’t be afraid to admit you’re wrong)
४. ईच्छाशक्ति (Willpower and desire)
५. निर्णय क्षमता (Be bold)
उनका आगामी लेखहरू सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन्। उनको आगामी लेख विद्युतीय (अनलाईन)बाट पैसा कमाउने पाँच तरिका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए । विश्वका डलर अर्बपति (बिलिनीयर)को क्लब (अड्डा)को रूपमा चिनिएको विश्वको शीर्ष स्थानमा व्यापारिक ब्रान्ड (मार्का) फोर्ब्स पत्रिकामा अवसर पाउनु सजिलो कुरा होइन।
यहाँ प्रकाशित हरेक लेखहरूले छुट्टै महत्त्व राख्छन्। यस अघि हफिंगटन पोस्टमा उनका सयौँ लोकप्रिय लेखहरू प्रकाशित भएका थिए । केही वर्ष अघि उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट विमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अङ्ग्रेजी पाठ्यक्रममा समेत समाबेश गरिएको छ ।