राष्ट्रीय सभा सदस्य चयनका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  193 पटक हेरिएको

काठमाण्डौ, मिसिर १३ । 

सरकारले राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ राष्ट्रीय सभा सदस्य चयनका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको सिफारिशमा माघ ११ गते निर्वाचन गर्न लागिएको सरकारी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय सभाका एकतिहाइ सदस्य फागुन २० देखि बिदा हुँदैछन् । रिक्त हुन लागेको २० मध्ये एउटा कोटा राष्ट्रपतिबाट मनोनीत हुने संबिधानमा ब्यबस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार