चीनीया रक्षा मन्त्री वेई फेङग काठमाण्डौ आईपुगे, प्रधानमन्त्री र राष्ट्रपतिसगँ भेटेर आजै साँझ स्वदेश फर्कने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  678 पटक हेरिएको

काठमाडौँ, मंसीर १४ ।   

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि सबै भन्दा उच्च स्तरीय चीनीया अधिकारी आज नेपाल आएका छन्। नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका रक्षामन्त्री वेई फेङ्हे आज काठमाण्डौं आएका हुन् । उनी पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेका हुन् । उनी विमानस्थलबाट सोझै चीनीया राजदुतावास पुगेका छन् । उनले जंगी अड्डामा प्रधानसेनापति पूर्ण चन्द्र थापासगँ भेट गरे पछि अपरान्ह बालुवाटारमा प्रधानमन्त्री एवं रक्षा मन्त्री समेत रहेका केपी ओलीसगँ भेटवार्ता गर्ने छन् ।

त्यस पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीसगँ भेटवार्ता गरेर साँझ चीन फर्कने परराष्ट्र स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर (१२–१३) मा नेपाल भ्रमण गरेका थिए । रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका सहकार्य र परियोजनाहरु पुनः सुचारु गर्ने र रक्षा मामलामा सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ ।
कुटनीतिक मामलाका जानकारहरुले सि पछिको शक्तिशाली नेताको भ्रमणले चीनले नेपाललाई महत्व दिएको स्पष्ट हुने बताएका छन् ।

चीनले भारत र अमेरीकासँग तनाव बढीरहेका बेला नेपालसगँको रक्षा सहकार्यलाई पनि महत्व दिएको बताईन्छ । तिव्वत मामलामा पनि नेपाल चीनका लागि अति महत्वको रहेकाले नेपालसगँ चीन सदैब सकारात्मक सम्बन्धको पक्षमा रहने गरेको यस क्षेत्रका जानकारहरुको बुझाई छ ।

भारतीय प्रमुख जासुसी संस्था रअका पमुख सामन्त गोयल, भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमण पछि चीनीया रक्षा मन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार