ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1282 पटक हेरिएको

जापान, मंसिर १३ ।  

जापान सरकारले बुधबारबाट जापान प्रबेशमा कडाई गर्ने भएको छ । अफ्रिकि मुलुकमा ओमिक्रोन भाईरसको तिब्र बृद्धि भईरहेको र त्यसको रोकथामको लागि भन्दै भोलिबाट जापान प्रबेश गर्ने सम्पुर्ण बिदेशी नागरिकलाई प्रबेशमा रोक लगाउने प्रधानमन्त्रि किसिदासानले जनाएको हो । जापान प्रबेशमा केहि सहज भएको अबस्थामा नेपालबाट जापान प्रबेश पर्खाईमा रहेका नेपाली बिद्यार्थीहरुलाई यो निर्णयले फेरि जापान अध्ययन लगायत बिभिन्न पेशा ब्यबसाय र रोजगारको सिलसिलामा जापान आउने नेपालीहरु पुन जापान प्रबेश गर्न नपाउने भएको हो ।

नेपाल सरकारले पनि अफ्रिकि मुलुकबाट नेपाल प्रबेशमा रोक लगायसँगै जापान सरकारले पनि बिदेशी नागरिकलाई जापान प्रबेशमा रोक लगाएको हो । यसले जापान प्रबेशमा रहेको नेपाली बिद्यार्थीलाई प्रत्यक्ष असर पार्ने भएको छ । जापान प्रबेशको लागि बिद्यार्थी भिषा लिएर बसेका नेपाली बिद्यार्थीहरु पनि यसको चपेडामा पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार