जनप्रगतिशिल मञ्च जापान तोचिगी क्षेत्रीय समितिको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा राकेश बिमली चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  397 पटक हेरिएको

जापान, मंसिर १३ ।  

नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिसील मञ्च जापानको हिजो सम्पन्न गुन्मा (तोचिगी क्षेत्रीय समितिको ऐतिहासिक दोस्रो)अधिवेशन सम्पन्न भएको छ । जनप्रगतिशील मञ्च प्रवास् संगठनका सदस्य अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा राष्ट्रिय कमिटी जापानका अध्यक्ष हवल् चन्द्र लामा को बिशेष उपस्तिथीमा तोचिगी केनको उत्सुमोनिया शहरमा सम्पन्न भएको हो । हिजो सम्पन्न अधिबेसनबाट राकेश बिमलीको अध्यक्षतामा सर्बसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।

जसमा अध्यक्ष राकेश बिमली, उपाध्यक्ष बिमन किराती, अनिल रावल , गोकुल घिमिरे, संकल्प थिंग लामा सचिबमा श्रीधर पन्थी, सहसचिब सुजन आङ्बो, कर्मा दोंग कोषाध्यक्षमा अभिसेक रायमाझी सहित् १२ सदस्य निर्वाचित गरेको हो । उक्त कार्यक्रममा बोल्दै प्रबास संगठनका सदस्य तथा प्रमुख अतिथि अरुण कुमार श्रेष्ठ र बिषेश अतिथि हवल चन्द्र लामाले प्रवासमा संगठनको उपस्थिति राम्रो रहेको र यसलाई अझै मजबुद र बलियो बनाउदै लैजानु पर्ने बताउनु भयो ।

बाँकि क्षेत्रहरुमा पनि संगठन बिस्तार गर्दै नेकपा माओबादीमा आस्था र बिश्वास राख्ने प्रवासी नेपालीहरुलाई एकिकृत गरी संगठन बिस्तारमा सबैलाई ध्यान दिन समेत अनुरोध गर्नुभयो । यस भन्दा अघि फुकुओका, कान्तो र नागोया क्षेत्रिय कार्यसमितिहरुको क्षेत्रिय अधिबेशनबाट नयाँ नेतृत्व चयन भईसकेको छ भने बाँकि क्षेत्रहरुमा पनि संगठनको अधिबेशन गर्ने तयारी रहेको अध्यक्ष हवल चन्द्र लामाले जानकारी गराउनु भयो ।

कार्यक्रमका केहि झलकहरु फोटामा तल साभार गरेका छौँ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार