जापानमा कोरोना संक्रमण तिब्र शनिबार २६८४ जना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट १४ जनाको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  76 पटक हेरिएको

जापान, मंसिर १३। 

जापानमा शनिबार थप २६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नोभेम्बर २८ तारिखको रिपोर्ट अनुसार एकैदिन जापानभर २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेसमाचारले उल्लेख गरेको छ । राजधानी टोकियोमा मात्र५६१ जना सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ ।

जापानमा हालसम्म आन्तरिक र बाह्य गरि १ लाख ४६ हजार २१४ जनामा कोभिड १९ संक्रमण भएको छ जापानमा ८२ प्रतिशत अर्थात १,२०,२५९ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । जापानमा अहिलेसम्म २१२३ जनाको मृत्यु भएको छ भने हिजो मात्र १४ जनाको निधन भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार