थप १३८० मा कोरोना पुष्टि, १९ को मृत्यु र ५१५ जना संक्रमणमुक्त भई घर फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  92 पटक हेरिएको

काठमाडौं, मंसिर १३ ।   

नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

त्यस्तै शनिबार थप ५१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

क्वारेन्टाइनमा ६१८ जना रहेका छन् भने आइसोलेसनमा १८०८३ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार