अफ्रिकि नागरिकलाई नेपाल प्रबेशमा रोक, अन्य देशका नागरिकलाई पनि अफ्रिकि मुलुक हुदै आएमा क्वारेन्टाईन अनिवार्य बस्नुपर्ने सरकारको सर्कुलर

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  332 पटक हेरिएको

काठमाडौं, मंसिर १२।  

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले संचारमाध्यमलाई जानकारी दिनु भयो।

उनले भने, ‘कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको जनाएको हो। यो निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको जनाएको छ ।’

दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरिसकेको छ । अमेरिकि सरकारले समेत न्युयोर्क सिटिमा आपतकालको घोषणा गरिसकेको छ । यो भाईरस अन्य भेरिन्ट भन्दा पनि खतरनाक रहेको जनाउदै यसबाट बच्न अमेरिकाले न्युयोर्क सिटिमा आपतकाल लगाएको थियो । डब्लुएचओले समेत पछिल्लो समय देखिएको कोरोना भाईरसको नयाँ भेरियन्ट झनै खतरनाक रहेको जनाईसकेको अबस्थामा नेपाल सरकारले पनि आन्तरिक र बाह्य पर्यटनमा ध्यान दिदै अफ्रिकि मुलुकबाट आएका बिदेशी नागरिक लगायत नेपालीलाई अनिबार्य क्वारेन्टाईन बस्नै पर्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार