
काठमाडौं, मंसिर,११ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।

खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए ।
१३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।
