जापानमा विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमणबाट २९ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  278 पटक हेरिएको

जापान, मंसिर १२ ।   

जापानमा विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नोभेम्बर २६ तारिख विहिबार साँझ ९ वजेसम्मको रिपोर्टअनुसार एकैदिन जापानभर २ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

जापानको राजधानी टोकियोमा ४८१ जना संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक र बाह्य गरि १ लाख ४१ हजार जनामा कोभिड १९ संक्रमण भएको छ भने २०७८ जनाको मृत्यु भएको छ । जापानमा ८१ प्रतिशत अर्थात १,१४,७२५ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।

जापानमा आज २९ जनाको निधन भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार