वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  911 पटक हेरिएको

काठमांडौ, मंसिर , १० ।

वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । निमोनियका कारण विरामी भएका वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजु आज उपचारका क्रममा लतिलपुरको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । पछिल्लो केही समय देखि कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त हुनुका साथै राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य समेत रहेका थिए । उनले बालसाहित्यमा ५० बढी कृति प्रकाशित गरेका छन् । नेपाली साहित्यको एक धरोहरको निधनले नेपाली साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार