लिम्पियाधुरा लिपुलेक र कालापानीको भूभाग दुई देशबिच संबाद गरेर फिर्ता ल्याउने:-के.पी शर्मा ओली

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  422 पटक हेरिएको

चितवन, मंसिर १० ।  

नेकपा एमालेको चितवनमा जारी महाधिबेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दुई देश बिच आपस्ी समझदारी र संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको बताए ।

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’ अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताए । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ ओलीले भने ।

अध्यक्ष ओलीले आजबाट चितवनमा ३ दिनसम्म जारी रहने १० औँ महाधिबेशनलाई सम्बोधन गर्दै पार्टीमा उच्च सहमति, संबाद र आजको आबश्यकताको मध्यनजर गर्दै बैज्ञानिक तबरबाट नेतृत्व गर्ने जुन नेतृत्वले आम जनसमुदायको बिकासको आकांक्षा, जनभावनाको कदर र देशको बिकासको नेतृत्व गर्न सक्ने छ उक्त कार्यक्रममा सहभागि भएका पार्टीका नेता कार्यकर्ता, स्थायी कमिटिका सदस्य, केन्द्रिय कमिटिका सदस्यहरुलाई साना तिना मतभिन्नतालाई बिचमा नै थाति राख्दै बैज्ञानिक तबरबाट उच्च बिबेक र आजको आबश्यकताको मुल्याङ्कन गरेर नेतृत्व चयनमा सहभागि हुन समेत अपिल गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार