
काठमाडौं, मंसिर, ९। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । साथै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का तोड्न निर्देशन दिएका छन ।

सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समग्रतामा १४ प्रतिशत मात्र पुँजीगत खर्च न्यून भएको बताए । ‘गत वर्षको यसै अवधिमा एकातिर कर्मचारी समायोजन, अर्कोतिर कानून निर्माणमा लाग्दा पनि यो भन्दा बढी भएको थियो ।’
उनले १५ दिन भित्र आयोजनाको सम्पूर्ण विवरण खुल्ने गरी आयोजनाको डिटेल तयार गरी पेश गर्न सम्पूर्ण कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन । कुन आयोजना कुन मितिमा सम्पन्न गर्ने हो सो को बिबरन पेश गर्न निर्देशन दिएका हुन ।
बैठकमा यति प्रतिशत काम भयो भन्ने मात्र आएको भन्दै उनले डिटेल माग गरेका हुन् । ‘खरिद ऐनको ५९ को ८ बमोजिम भएको छ कि छैन ? छैन भने नहुनुका पछाडि जिम्मेवार को ?’ उनले भने, ‘काम गर्न सक्ने अवस्था छ कि छैन ? यदि काम गर्न सक्ने अवस्थामा छैन भने आउट गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले ठेक्का प्रणाली परिर्वतन गर्नुपर्नेमा जोड दिए । कहिलेदेखि ठेक्का लिन थालेको र कतिवटा ठेक्का सम्पन्न गरेको भन्ने मात्र होइन, समयभित्र ठेक्का सम्पन्न गर्ने क्षमता छ कि छैन हेरेर मात्र ठेक्का दिनुपर्नेमा जोड दिए ।
उनले मन्त्रालयहरुलाई कसलाई कति अनुदान दिइयो भन्ने पूर्णविवरण प्रधानमन्त्री कार्यालयलाई दिन पनि आग्रह गरे ।
ओलीले ठेकेदारको क्षमता मुल्याङ्कनको विधि निर्माण गर्न समेत निर्देशन दिएका छन्। ‘लागत स्टिमेट र गुणस्तर अनुसार ठेकेदारले गर्न नसक्ने अवस्था छ कि छैन। उ कति ठाउँमा इन्भल्भ छ हेर्नुपर्यो’, ओलीले भने, ‘कति वर्ष देखि कति वटा ठेक्का सञ्चालन गरेको छ भनेर होइन। कति वटा ठेक्कामा समयमा काम गरेको छ ति पक्षको पनि मुल्यान्कन गरि सचेत गराउन समेत निर्देशन दिएका छन ।




1140 पटक हेरिएको 
















