एनआरएनए संस्थागत रूपान्तरण र मातृभूमिको संवृद्धि विषयक ककस शृंखला-३ आयोजना हुदै, सहभागी हुन अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  100 पटक हेरिएको

काठमांडौ, मंसिर ९ ।

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको आसन्न महाधिबेशन सम्बन्धि देखिएको बिबाद र अन्यौलता चिर्न आइसीसी अध्यक्षका उम्मेद्वार डा. बद्री के.सी लगायत टिमले ककस शृंखला आयोजना गर्दै आइरहेको छ । ककस शृंखलामा हालसम्म ककस-१ र २ सम्पन्न भईसकेको अबस्था छ । अध्यक्षका उम्मेद्वार डा.के.सी प्यानलका बिभिन्न पदमा उम्मेद्वारी दिएका पदाधिकारी र गैर आवासीय नेपालीहरू बिच आयोजना गर्दै आइरहेको ककस शृंखलाको तेस्रो संस्करण यही नोभेम्बर २७ तारिक जुम भर्चुअल माध्यमबाट हुने भएको छ ।

तेस्रो संस्करणमा अध्यक्षका प्रत्यासी डा.बद्री के.सी, महिला उपाध्यक्ष यासमिन बेगम सैयद, महिला सचिबका उम्मेद्वार राधिका गुरुङ(टिका), यमुना भट्टराई सह-कोषाध्यक्ष(महिला) को सहभागितामा ककस शृंखला-३ बहस हुने भएको महिला सचिब पदका उम्मेद्वार राधिका गुरुङ(टिका)ले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । यस शृंखलामा एनआरएनएमा महिलाको भूमिका र उपस्थित लगायत बिभिन्न बिषयमा छलफल पनि हुने जनाएको छ । उक्त कार्यक्रमको संचालन तथा सहजीकरण भने महिला संयोजकका उम्मेद्वार संगीता मरहठ्ठाले गर्ने भएको छ ।उक्त कार्यक्रममा सहभागी हुनको लागि तलको जुम आइडी पासपोर्टको प्रयोगबाट सहभागी हुन समेत सम्पूर्ण गैर आवासीय अभियन्ताहरू सम्पूर्णमा हार्दिक निमन्त्रण समेत गरीएको छ ।

ककस शृंखला-३(महिला सशक्तिकरण, संभावना र चुनौतीहरु)

बहसका बिषयहरुः 

१) विदेशमा महिलाहरुको अवस्था, संभावना र चुनौतीहरु
२) एनआरएनएमा महिलाहरुको सहभागीता र महिला फोरमहरुको भुमिका
३) महिलाहरुले विदेशमा सिकेको ज्ञान, सिप, र पुँजी स्वदेशमा लगानी
४) महिला सशक्तिकरण, सचेतना कार्यक्रम

Date: २७ नोभेम्बर २०२१
Time: नेपाल समय साँझ ५ बजे (प्रवेश ४:३०),
Zoom ID: 884 3057 6948
Password: 2021

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार