लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी बिजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1026 पटक हेरिएको

पोखरा, मंसिर ९ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजि निर्वाचित भएका छन । पोखरामा तीन दिनसम्म चलेको सातौँ महाधिबेशनमा अर्का प्रतिस्पर्धी बिष्णु खत्रीलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पारेका हुन् ।

विजिले ५ सय ८४ मत ल्याएका थिए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुवेदीलाई हराएका हुन् । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुवेदीले ३ सय ७२ मत ल्याएका छन् ।

केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका थिए । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन् । त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन्। महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल निर्विरोध भएकी छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौँ महाधिबेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरु

महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् ।

सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् । १३ सय ४८ जना कूल मतदाता रहेकोमा ११ सय ३७ मत खसेको थियो ।

निर्वाचनको मत परिणाम तल उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार