काठमाडौं, मंसिर ८ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने र त्यसको ओकालत गर्ने टिप्पणी गरेका छन् ।शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए ।
तर नेपालमा जनताले नै राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो यो त केबल मूर्खता मात्र रहेको बताएका छन ।’
नेपालमा राजतन्त्रले जनताको हितमा काम नगरेको र जनतालाई दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’
दुर्गा प्रसाईलाई ईकिंत गदैं ओलिले भने केही ब्यक्तिको स्वार्थको पछाडी नलाग्न समेत जनतालाई आग्रह समेत गर्नुभयो । केही अदृश्य शक्तिको आडमा राजा फर्काउछु भन्नु मरेको मान्छेलाई जिउदो बनाउछु भन्नु मात्र रहेको टिप्पणी गरेका थिए । दुर्गा प्रसाईले पनि मंसिर ७ गतेदेखि काठामाण्डौमा आयोजना गरिएको आन्दोलनलाई काउन्टर गर्न आयोजित युवासँघको आन्दोलनको समिक्षा गर्न आयोजित युवा संघको पूर्ण बैठकमा यो त ट्रेलर मात्र रहेको र डुलो आन्दोलनको लागि कार्यकर्तालाई तयार रहन समेत आग्रह गरेका थिए ।
युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले आक्रमक जबाफ दिदै प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ एमाले अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’