वैदेशिक रोजगार विभाागले इ-स्टीकर पछि इ-टोकन सिस्टम शुरु गर्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1177 पटक हेरिएको

काठमाण्डौँ, मंसिर, ८ । २१ औँ शताब्दीको प्रविधि युगलाई मध्यनजर गर्दै बैदेशिक रोजगार बिभागले पछिल्लो समय क्षम रोजगार क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई ध्यानमा राखी बिभिन्न सहजीकरणको कामलाई तीब्रता दिईरहेको छ ।

पछिल्लो पटक बैदेशिक रोजगार बिभागको महानिर्देशकको रुपमा आएका डा. भिष्म कुमार भूसालले अनलाईनबाट नै जनताले सेवा लिन सहज हुने भन्दै ई–स्टिकर सेवा सुचारु गरेको थियो । इ–स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गते अर्थात (१ डिसेम्बर २०१९) देखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दैछ। उक्त सुचनालाई सम्पूर्णको जानकारीमा पुर्याउन सबैले सेअर गरि सहयोग गर्न समेत अनुरोध गरेका छन ।

बैदेशिक रोजगारमा जाने नेपालीको लागि अत्यन्त जरुरी सुचना पढेर समयमा नै जानकारी लिनु होला ।

महानिर्देशक डा. भिष्म कुमार भुसाल

इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गते (१ डिसेम्बर २०१९) देखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दैछ।

१. इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गर्ने वित्तिकै तपाइँको श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुनेछ। तपाइँले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउनु हुनेछ। जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालय समेत रोज्न सक्नुहुनेछ। जसले गर्दा तपाइँको फाराम स्वीकृत हुने वित्तिकै तपाइँले कार्यालयमा पर्खिरहनु पर्ने छैन।

२. मोबाइलमा एसएमएस जाने (मेसेजिङ्ग): तपाइँले फाराम बुझाइसकेपछि यदि कुनै कारणवश तपाइँको श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा पनि तपाइँको मोबाइलमा मेसेज प्राप्त हुनेछ। तपाइँको श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेज आउनेछ।तपाइँले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ।
त्यसैले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही भरियो कि भरिएन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम सब्मिट गर्नुहुन विभाग हार्दिक अनुरोध गर्दछ।

३. साथै विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा हामी पुगेका छौ। यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था हुनेछैन।

४. कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा छौ। सम्बन्धित सरोकारवालालाई ओरिएन्टेशन दिएपछि यो प्रणाली समेत लागू हुनेछ।

मंसीरको महिना भरी सूचना प्रविधि मार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक महिनाको रुपमा रहने समेत अनुरोध गर्दछु। हामीले यी सबै तयारी गर्न विगत ५ महिनादेखि निकै मेहनत गर्दै आएका थियौं।

सम्बन्धित समाचार यो पनि पढ्नसहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार