राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन पोखरामा जारी,अध्यक्षमा बिष्णु र रमेश भिड्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1394 पटक हेरिएको

पोखरा, मंसिर ७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यतिबेला पोखरामा चलिरहेको छ। लोकसंगित क्षेत्रका कलाकारहरुलाई यतिबेला चुनाब लागेको छ । ३ दिनसम्म पोखरामा जारी महाधिबेसनमा बिभिन्न पदमा कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ कतिपय पद भने सहमतिमा नै चयन हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशनमा लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा भने सर्जक रमेश बि.जि र गायक तथा सर्जक बिष्णु खत्री चुनाबि मैदानमा उत्रेका छन ।

सोहि सन्दर्भमा कलाकारहरुको उमेदवारी दर्ताको क्रम सकिएको छ, उमेदवारी दर्तासंगै लोकप्रिय गायक पशुपति शर्मा प्रथम उपाध्यक्ष पदमा निरविरोध बिजयी भएका छन। यस अगी पशुपति शर्मा बरिष्ठ उपाध्यक्षमा लड्ने पक्का थियो, सहमतिमै पशुपति शर्मा र रिता थापा बीच कुरा मिले पछि शर्माले पुरानै पद दोहोराएका हुन्।

पशुपति संगै बरिष्ठ उपाध्यक्षमा रिता थापा, दित्तीय उपाध्यक्षमा रामजी खाँण, महिला उपाध्यक्ष राधिका हमाल, महासचिवमा सुबास केसी, उप-महासचिवमा शिब हमाल र शंकर बिसी, सांगठनिक सचिबमा खुमन अधिकारी, सह-कोषाध्यक्ष (महिला)मा पूर्णकला बिसी, महिला सचिबमा जमुना राना निरविरोध निर्बाचित भएका छन। औपचारिक रुपमा घोषणा भने हुन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार