बलात्कार आरोपमा पक्राउ परेका बिद्यार्थी नेता जेल चलान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1174 पटक हेरिएको

काठमाडौं, मंसिर, ६ । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेका उनी १२ कात्तिकमा पक्राउ परेका थिए । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले अनलाइनखबरलाई बताए ।

राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप थियो । पछिल्लो समय नेपालका राजनितिक पृष्टभूमिका ब्यक्तिहरुको बलात्कारका घटनाहरुमा बृद्धि भएको छ । केहि महिना अघि राष्ट्रको सम्मानित ब्यक्तित्व सो पश्चात नेपाली काग्रेका नुवाकोटका नेता बलात्कारको आरोपमा पक्राउ परेको थियो ।

सम्बन्धित समाचार यो पनि पढनुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार