बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  403 पटक हेरिएको

बिराटनगर, मंसिर ७ ।   

नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार