रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल भ्रमणमा आउने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  744 पटक हेरिएको

काठमाडौँ, मंसिर ६ । रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउने भएका छन् । एक महिना अघि चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङ र त्यस लगतै बंगलादेशी राष्ट्रपतिले नेपालको भ्रमण गरेपछि अर्का शक्तिशाली राष्ट्रपति पुिटनले नेपालको भ्रमण गर्न लागेका हुन् ।

पछिल्ला दिनहरूमा नेपाल प्रतिको बिश्वका शक्तिशाली राष्ट्रहरूको दिष्ट्रिकोण सकारात्मक र नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० समेत सफल हुने आकलन गर्न सकिन्छ । नेपालमा कम्यूनिष्ट सरकारको पछीको अन्तराष्ट्रिय सम्बन्धमा आमुल परिवर्तन र बिश्वसनीयता बढेको मान्न सकिन्छ ।

स्रोतका अनुसार पुटन आगामी पुसको दोस्रो साता नेपाल आउने छन् । भ्रमणको मिति भने तय भइसकेको छैन । रुसबाट डिसेम्बर अन्तिम सातामा पुटिन नेपाल आउने कुरा चलिरहेको सरकारी उच्च स्रोतले बताएको छ ।

राष्ट्रपति पुटिन तीन दिने नेपाल भ्रमणको लागि आउने तयारी रहेको छ । नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमण तयारी गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार