मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले सामाजिक संजाल फेसबुकमा यस्तो लेखे

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  705 पटक हेरिएको

काठमाडौं मंसिर, ५ । उर्जा मन्त्रि हुँदा कमाएको लोकप्रियतालाई आत्मसाथ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा काम गर्दै आएका गोकर्ण बिष्टलाई प्रधानमन्त्रि के.पि शर्मा ओलिले मन्त्रिपदबाट हटाएको छ ।

“जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !”

परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने मान्यता राख्ने गोकर्ण बिष्टले उर्जा मन्त्रि हुँदा सिंहदरबारबाट नै बिद्युत महसुल नतिर्ने सरकारी कार्यालयबाट नै बिद्युत सेवा काटेर बिद्युत महसुल तिर्न बाध्य बनाएका तत्कालिन मन्त्रि बिष्टले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारीमा रहँदा पनि बैदेशिक रोजगारीको क्षेत्रमा आमुल परिवर्तन ल्याउने प्रयासमा थिइ । उनै गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको बताउदै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन ।

मन्त्री पद खोसिए लगत्तै फेसबुकमा स्टाट्स लेग्दै वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार