उत्तरी धादिङको लापामा प्रहरी चौकी स्थापना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  602 पटक हेरिएको

धादिङ मंसिर ५ । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा प्रहरी कार्यालय स्थापना गरिएको छ ।

तात्कालिन माओवादीले गरेको जनयुद्धको उद्गम थलोको रुपमा चिनिने रुबिभ्याली गाउँपालिका वडा नं. ५ लापामा प्रहरी चौकी स्थापना गरिएको हो । स्थानीय तथा गाँउपालिकाको निरन्तरको प्रयास पछि आज गृह मन्त्रालयको निर्देशनमा उक्त प्रहरी चौकीको स्थापना गरिएको हो । स्थानीय जनतामा सुरक्षा तथा गाँउगाँउमा स्थानिय सरकारको प्रत्याभुति दिने हेतुले गाँउपालिकाको पहलमा प्रहरी चौकीको स्थापना भएको हो ।

उक्त प्रहरी चौकीको आज एक औपचारिक कार्यक्रमका साथ धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्घाटन गरेका हुन् । प्रहरी चौकी उद्घाटन कार्यक्रममा रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङ‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवार, रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर नेगी‚ उपाध्यक्ष विना लामा तामाङ, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक मुकुन्द मरहठा लगायतको आतिथ्यताका बिच उद्घाटन गरिएको हो । ।

उक्त प्रहरी चौकीमा हाल प्रहरी हवल्दारको कमाण्डमा ६ जना प्रहरीहरु कार्यरत रहने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार