जनप्रगतिशिल मञ्च जापान कान्तो क्षेत्रिय कार्यसमितिको अधिबेशन सम्पन्न, गोकर्ण बर्तौलाको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

प्रकाशित:  94 पटक हेरिएको

जापान, मंसिर ४ । 

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रबास कमिटि जापानको हाल बिभिन्न क्षेत्रहरुमा क्षेत्रिय अधिबेशन भब्य रुपमा सम्पन्न भईरहेको छ । यसै सन्दर्भमा माओबादी केन्द्र प्रति आस्था राख्ने प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आज क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो कान्तो क्षेत्रिय कार्यसमितिको ८ औ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । आज जापानको टोक्यो क्षेत्रमा बसोबास गर्ने नेपाली जनप्रगतिशिल मञ्चमा आबद्ध नेपालीहरुको कान्तो क्षेत्रिय कार्यसमितिको आठौ अधिबेशन टोकियो ओकूबो सोलमरी मुरा हलमा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

नेकपा माओबादी केन्द्र प्रवास समन्वय समिति सदस्य डा.भूपालमान श्रेष्ठको प्रमुख अतिथि, प्रवास जनप्रगतिशील मंचका पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठ, जनप्रगतिशील मंच जापानका अध्यक्ष हवल चन्द्र लामा, पूर्वी एसिया समन्वय समिति सदस्य भवानी पन्त, रामहरि पुडासैनी, एनआरएनए आइसीसी सदस्य प्रवण कुमार सत्यम, संगठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका प्रमुख बाबुराम पौडेल, प्रचार प्रसार विभाग प्रमुख श्यामहरी पाण्डे, जनप्रगतिशील मंचका पूर्व केन्द्रीय सचिब जनक सूबेदी, कान्तो क्षेत्रिय समितिका इंचार्ज दावा शेर्पा लगायत बिभिन्न संघ संस्थाका संयोजक तथा अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशिल मञ्च जापान कान्तो क्षेत्रिय कार्यसमितिको आज सम्पन्न आठौ क्षेत्रिय अधिबेशनबाट गोकर्ण बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ बनेको कार्यसमितिमा अध्यक्षमा गोकर्ण बर्तौला, उपाध्यक्षमा सुनील देबकोटा, सागर कार्की, हरीचन्द्र बास्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम के.सी चयन भएका छन भने सचिबमा निरोज पाण्डे सर्वसम्मत चयन भएका छन । यस्तै सह–सचिबमा जीवन पाण्डे र जनकलाल लामा चयन भएका छन । कोषध्यक्षमा कुमार कोईराला र सह–कोषध्यक्षमा बिनोद ढकाल चयन भएका छन ।

यस्तै सदस्यहरुमा भने गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रबिन मगर, रवीन्द्र पाण्डे, तेज बहादुर थिङ, खगेंद्र बहादुर ढकाल, महाश्रम भण्डारी, अनिश रायमाँझी, तारा बहादुर कार्की र विष्णु कुमार आंगदागबे चयन भएका छन । साथै आज गठित नवनिर्वाचित कार्यसमितिलाई भिजन अनलाईन न्युज परिवार सफल कार्यकालको शुभकामना सहित कार्यसफलताको शुभकामना ब्यक्त गर्दछ ।

कार्यक्रमका केहि झलकहरू फोटोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार