मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त,भोलि सपथग्रहण(सूचीसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1692 पटक हेरिएको

काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प्रधानमन्त्रिको सिफारिसमा आज नयाँ मन्त्रिहरुको नियुक्ति गरेका हुन ।

राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्ती

उपेन्द्र यादवको मन्त्रालय फेरियो

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री र उपेन्द्र यादवलाई कानुन मन्त्रिको जिम्मेवारी दिएको छ ।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

रघुवीर, गोकर्ण र लालबाबुको मन्त्री पद गयो

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय बिकासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै पूर्व माओवादीको कोटाबाट मन्त्री भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

को को भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् भने माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री, रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्रीमा नियुक्त भएका छन ।

को को बने राज्यमन्त्री ?

राज्यमन्त्रीहरूमा उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार