चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने, प्रधानमनित्र र चिनिया राजदुत बिच भ्रमण बारे छलफल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1270 पटक हेरिएको

काठमाडौं, मंसिर ५ । 

चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको बताईएको छ । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् । केहि दिन अघि चिनिया राजदुत यान्छीले प्रधानमन्त्रिसँग भेट गरेका दिए तर उक्त भेटलाई पार्टी भित्रको बिबाद र पार्टी बिभाजनका बिषयमा कुरा भएको आशंका गरिए पनि बास्तबमा चिनिया रक्षामन्त्रिको नेपाल भ्रमणको बिषयमा गम्भिर छलफल भएको बताईएको हो ।

भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्नसक्ने भएकाले आधिकारिक घोषणा तत्काल नहुने स्रोतले जानकारी दियो । नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने छन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन । सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए । सो भ्रमणको समयमा २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई गर्ने सहमति भएको थियो ।

गत वर्षको जुन महिनामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले चीनको औपचारिक भ्रमण गरेका थिए । स्रोतका अनुसार भ्रमण नियमित दुईपक्षीय आदान प्रदान भएको जनाएको छ । यस अघि छिमेकि राष्ट्र भारतका परराष्ट्र मन्त्रि र बायु सेना प्रमुखको नेपाल भ्रमण भएको थियो । चिनका रक्षामन्त्रिको नेपाल भ्रमणलाई बिषेश रुपमा हेरिएको छ भने यसले नेपाल चिन सम्बन्धलाई पनि अझ मजबुद बनाउने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार