जनप्रगतिशिल मञ्च जापान क्युस्यु क्षेत्रिय कार्यसमितिको अधिबेशन सम्पन्न, भीम बुढाथोकीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  459 पटक हेरिएको

जापान, मंसिर ४ ।  

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रबास कमिटि जापानको हाल बिभिन्न क्षेत्रहरुमा क्षेत्रिय अधिबेशन भब्य रुपमा सम्पन्न भईरहेको छ । यसै सन्दर्भमा माओबादी केन्द्र प्रति आस्था राख्ने प्रबासमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेपाली जनप्रगतिशिल मञ्च जापानको आज क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । आज जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपाली जनप्रगतिशिल मञ्चमा आबद्ध नेपालीहरुको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन फुकुओका मिनोसिमा स्थित नेपाली ससुरालीघर रेष्टुरेन्टमा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो । नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब शालिक्राम भण्डारीको प्रमुख अतिथि, हाम्रो नेपाल हामी नेपाली जापानका संयोजक फुकुओकाका अभिभाबक धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टंक गैरे, नेपाल जापान प्रेण्डसिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा र गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार छत्र दाहालको बिषेश अतिथि तथा फुकुओकामा रहेका बिभिन्न संघसंस्थाका क्षेत्रिय संयोजक तथा अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

यस्तै नेपालबाट बिषेश अतिथिको रुपमा नेकपा माओबादी केन्द्रका प्रबास समन्वय कमिटिका सचिब टिबि पाठकको समेत जुम भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो । उक्त कार्यकममा बोल्दै बिभिन्न बक्ताहरुले प्रबासमो बसेर नेपाली राजनिति भित्र देखिएका बिभिन्न ब्यतिथि, राजनितिक अराजकता प्रति खबरदारी गर्दै नेतृत्वलाई सतर्क र सहि निर्णय गराउन प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । राजनिति भनेको राष्ट्र निर्माणको महत्बपुर्ण मेरुदण्ड रहेकोले जोकोहिले पनि राजनिति सम्बन्धि ज्ञान राख्नुपर्ने बताउनु भयो । नेपाली जनप्रगतिशिल मञ्च जापान क्युस्यु क्षेत्रिय कार्यसमितिका निबर्तमान अध्यक्ष नवराज गौतमले पनि बिदेशमा बसेर राष्ट्र प्रतिको माया, राष्ट्रको नेतृत्व प्रति गर्नुपर्ने खबरदारीलाई ध्यानमा राखेर पार्टी पंतिमा आबद्ध हुन समेत सबैमा आह्वान गर्नुभयो ।

उक्त कार्यक्रममा बिषेश अतिथिहरु हाम्रो नेपाल हामी नेपाली जापानका संयोजक फुकुओकाका अभिभाबक धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य टंक गैरे, नेपाल जापान प्रेण्डसिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा र गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार छत्र दाहालले समेत आफ्नो मन्तब्य राखेका थिए । यस्तै गैर आवासी नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सचिब देबराज उप्रेती, गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिका संयोजक अर्जुन थापा, फुकुओका नेपाल सोसाईटीका अध्यक्ष माधब सिग्देल लगायतले आफ्नो मन्तब्य राखेका थिए । नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेत्रिय कार्यसमितिको आज सम्पन्न चौथो क्षेत्रिय अधिबेशनबाट भिम बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । नयाँ बनेको कार्यसमितिमा अध्यक्षमा भीम बुढाथोकी, उपाध्यक्षमा मुक्तिनाथ ढकाल, संजय पौडेल, पवन अधिकारी चयन भएका छन भने सचिबमा रोशन भट्टराई सर्वसम्मत चयन भएका छन । यस्तै सह–सचिबमा दिपक राज चौलागाई, कमल बुढा र तिलाराम ढकाल चयन भएका छन । कोषध्यक्षमा बिमल सापकोटा र सह–कोषध्यक्षमा रमेश रायमाझि चयन भएका छन ।

यस्तै सदस्यहरुमा भने नरेश गुरुङ्ग, अनिस पाख्रिङ्ग, खेम बहादुर मगर, कृष्ण बस्नेत, दिपक क्षेष्ठ, होमनाथ राजवंशी, प्रज्वल चौलागाई, निरञ्जन बुढा मगर, अर्जुन परियार, नारायण अधिकारी र प्रतिमा प्रसाई चयन भएका छन । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली जनप्रगतिशिल मञ्च जापानका सचिब शालिग्राम भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नेपाली जनप्रगतिशिल मञ्च जापान क्युस्यु क्षेत्रिय कार्यसमितिको आज सम्पन्न उक्त अधिबेशनको कार्यक्रम संचालन भने भिजन अनलाईन न्युजका संचालक तथा संचारकर्मी सन्तमान शाक्यले गर्नु भएको थियो । साथै आज गठित नवनिर्वाचित कार्यसमितिलाई भिजन अनलाईन न्युज परिवार सफल कार्यकालको शुभकामना सहित कार्यसफलताको शुभकामना ब्यक्त गर्दछ । यस्ते आज कै दिन जनप्रगतिशिल मञ्च, कान्तो क्षेत्रिय कार्यसमितिको पनि क्षेत्रिय अधिबेशन जारी रहेको प्रमुख अतिथिबाट जानकारी गराउनु भयो ।

कार्यक्रमका थप फोटाहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार