चिनियाँ राजदूत यान्छी पोखरामा,चिनियाँ राजदूत यान्छीको गतिविधि बढ्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1934 पटक हेरिएको

पोखरा, मंसिर, ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको टोली मंगलबार तीन दिने भ्रमणका लागि पोखरा गएका छन । राजदूत यान्छीले राजदूत घोषित भइसकेपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा निस्किएको प्रतिक्रिया दिएकी छन् ।

चिनिया राष्टपतिको नेपाल भमण भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नेपाल भित्र गतिविधि बढेको अनमान लगाउन सकिन्छ ।

‘राजदूत भएको ११ महिना भयो । तर, काठमाडौंबाहिर गएको यो पहिलो पटक हो,’ मंगलबार प्रदेश प्रमुख अमिक शेरचनसँगको भेटमा यान्छीले भनिन्, ‘पोखराको नाम निकै सुनेकी छु । त्यसैले पनि यहाँ आएकी हुँ ।’ उनले तीन दिन गण्डकी प्रदेशमा बिताउने र यसअवधिमा प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने योजना सुनाइन् ।

प्रदेश प्रमुखसँगको भेटमा यान्छीले नेपालमा चिनियाँ पर्यटक आउन एकदमै उत्सुक रहेको तर त्यसका लागि नेपालले सुरक्षा व्यवस्था बढाउनुपर्ने सुझाव दिइन् । ‘नेपाल भ्रमण वर्ष सघाउन चिनियाँ पर्यटक आउन एकदमै उत्कसुक छन्,’ उनले भनिन्, ‘तर यसका लागि नेपालले सुरक्षा व्यवस्था भने अझै कडा पार्न सक्नुपर्छ । आपतकालीन सुरक्षा व्यवस्था पनि कडा बनाए राम्रो हुन्छ ।’

चिनियाँ कम्पनी संलग्न पोखरामा रहेका विभिन्न आयोजनासमेत अनुगमन गर्ने योजना रहेको यान्छीले सुनाएकी छन् । मंगलबार बिहानमात्रै उनको टोलीले चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको थियो । अनुगमन पनि नेपालका लागि चिनियाँ राजदूत यान्छीले भनिन्, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरवको आयोजना हो । यसलाई समयमै सक्न चिनियाँ कामदारमात्रै होइन, स्थानीयको साथ पनि उत्तिकै जरुरी छ ।’

मंगलबार दिउँसो नै चिनियाँ राजदूत यान्छी र पोखरा महानगर प्रमुख मानबहादुर जिसीबीच भेटवार्ता भएको छ । भेटमा उनले पोखरामा चिनियाँ नागरिक लगानी गर्न इच्छुक रहेकाले लगानीको वातावरण बनाइदिन सुझाव दिइन् । ‘पोखरामा तिब्बतीयन नागरिकको पनि बसोबास छ । त्यसका लागि पनि एक चीन नीतिमा सहयोग गर्न आग्रह गर्छु,’ उनले भनिन् ।

मेयर जिसीले पोखरामा तिब्बतीयन मुलका नागरिकको बसोबास भएपनि चीन विरोधी गतिविधि नहुनेमा ढुक्क रहन आग्रह गरे । उनले भने, ‘पोखरामा तिब्बतीयन शरणार्थी छन् । तर, उनीहरुलाई चीन विरोधी गतिविधि हुन नदिन सजग छौं ।’ उनले चिनियाँ राष्ट्रपति सी चिङ फिनको भ्रमणले नेपाल भ्रमण वर्षलाई फाइदा पुगेको र आगामी दिन पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार