एनआरएनए प्यासिफिक युवा कमिटिको आयोजनामा पहिलो युवा सम्मेलन हुने, कार्यक्रमको तयारी पुरा भएको संयोजक कँडेलको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1019 पटक हेरिएको

जापान, मंसिर ५ ।

गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका संयोजक दिपक कंडेल ज्युले भिजन अनलाईन न्युजसंग कुरा गर्दै सम्मेलनको आयोजना गर्न लागिएको बताएका हुन ।

अनलाईन जुमको माध्यमबाट संचालन गरिने भर्चुअल सम्मेलनको आवश्यक सम्पुर्ण तयारी पुरा भएको एसिया प्यासिफिक युवा कमिटिका संयोजक दिपक कँडेलले जानकारी गराउनु भयो । कँडेलका अनुसार बिश्व भरि छरिएर रहेका युवाहरु राष्ट्र निर्माण एकिकृत गराउने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको समेत बताउनु भयो । युवा, नबिनता र राष्ट्र निर्माण मुल नारा रहेको उक्त सम्मेलनमा बिश्वभरबाट एनआरएनए भित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको आगि युवाको भूमिका र आजको आबश्यकता सम्बन्धित बिषयहरुमा छलफल र बहस गर्ने समेत जानकारी गर्नुभयो ।

भिजन अनलाईन न्युजले बिगत केहि महिनाबाट राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रमको समेत नियमित प्रसारण गर्दै आईरहेको छ । उक्त कार्यक्रमको प्रथम वक्ता समेत रहेको संयोजक कँडेलले भावि दिनमा बिश्वभरिका युवाहरुलाई जोडि एनआरएनएले पनि राष्ट्रको लागि बहस कार्यक्रमको बिश्व सम्मेलन गर्ने जनाएको थियो । साथै बिश्वभरि छरिएर रहेका नेपालीहरुले बिभिन्न देशबाट कल्चर एक्सचेन्ज पनि गरिनेछ भने दोस्रो पुस्ताले बिदेशमा सिकेका ज्ञान, सिप र दक्षतालाई आफ्नो देशमा कसरी लगाउन सकिन्छ भन्ने बिषयमा युवाहरुमाझ बहस पनि गरिने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार