राजदुत डा.दुर्गा बहादुर सुबेदी को प्रमुख अतिथ्यमा टोक्योमा नेपाल बिजीनेस सेमिनार संम्पन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  369 पटक हेरिएको

जापान, मंसिर ३ । 

जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्यु को प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२ संम्पन भएको छ

बिगत १२ बर्ष देखि निरन्तर जापानको बिभिन्न शहरहरुमा केन्द्रित रहेर नेपालमा बिदेशी लगानी भित्र्याउन यो सस्थाले जापानिज लगानी कर्ता हरुलाई संयोजन गरि रहेको छहाल सम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनारहरु र ५० वटा भन्दा बढी अनौपचारिक बिजिनेससेमिनारहरु संम्पन गरको छ भने नेपाल जापान ६० औ बर्ष गाठको अबसरमा २०१६ मा काठमाडौँको भृकुटी मण्डपमा जापान बिसेष केन्द्रित गरेर ब्यापार मेला संम्पन गरेको छ

सस्थाको अग्रसरतामा नेपालमा जापानको लगानी गर्ने र गराउने बिसयमा केन्द्रित रहेर नेपालमा बैदेशिक लगानी भित्राउन सहजकर्ता को भूमिका निर्बाह गरि रहेको छ

उक्त कार्यकममा जापानको पूर्व मन्त्रि तथा बर्तमान सांसद हिरोगुची हिरोसिले बिशेष आतिथ्य गर्दै नेपाल र जापानको यस्तो सिमिनारले दुई देश बीच आर्थिक बिकासको परिणाम ल्याउन सक्नेमा बिस्वास रहेको र दुवै देश बीच अझ बढी सम्बन्ध गाढा हुने विश्वास मन्तब्य दिनु भएको थियो

उक्त क्रममा जापान बाह्य व्यापार संगठन जेत्रोको उप-अध्यक्ष खाज़ुया नकाजो ले नेपाल संग जापानको ब्यापार बढाउने र लगानी गर्ने अबसर हुनु भनेको दुवै देसको लागि अर्थपूर्ण हुने विचार ब्यक्त गर्नु भयो

त्यस्तै जापान नेपाल सोसोईती को अध्यक्ष एबम नेपाल को लागि जापानको पुर्ब राजदुत कोजिमा मिचुआकी ले नेपालमा बिदेशी लगानी राम्रो कुरा हो यधपी नेपाल जापान दुवै सरकारले लचिलो भएर एक आपसको को लगानी लाई बढावा दिन पर्न कुरा ब्यक्त गर्नु भयो

यसै क्रममा नेपाल च्याम्बर अफ क्रमसको अध्यक्ष राजेन्द्र मल्ल ले बिसेष आतिथ्यमा बोल्दै नेपालमा जापान को लगानी कम्पनि कम्पनि बीच र सरकार सरकार बीच जुन सुकै रुपमा गर्न तयार भएको र नेपालमा हाइड्रो पावर , मिनरल वाटर, पर्यटन, खनिज ,हर्ब्स , बेन्किंग उद्योग लगायत मा लगानी गर्न हार्दिक आवान् गर्नु भयो

कार्यक्रममा विश्व बैंक,संयुक्त राष्ट्र खाद्य र कृषि संगठनमा पुर्ब कार्यरतअर्थशास्त्री डा.यानागीसिमा कोजी, इमाराकी बिश्वबिद्यालयको प्रोफेसरडा. नाकागावा मिचुहिरो र अन्तर्राष्ट्रिय अधिबक्ता डा.बलराम श्रेष्ठले अनुसन्धान  गरि तयार पारिएको नेपाल र जापान बीच आर्थिक लगानीको सम्भावना सोधपत्र प्रस्तुत गरिएको थियो भने टोक्यो कृषि बिश्वबिद्यालय को अनुसन्धान कर्ता डा.योगेन्द्र घर्ति मगरले नेपाल मा आधुनिक कृषी व्यवसायमा जापानले लगानी गर्न सक्ने बिसयमा शोधपत्र प्रस्तुत गर्नु भएको थियो

जापानको भुमि,पुर्बधार,यातायात तथा पर्यटन मन्त्रि साइतो तेचुओ ले नेपाल बिजीनेस सेमिनारको सफलता र दुइ देश बीच आउदो दिनहरुमा अझ बढी प्रगाढ सम्बन्ध कायम राक्ने पत्र प्रेसित गरि कार्यक्रमको सफताको कामना गर्नु भएको थियो !

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसन बाट महामहिम डा.दुर्गा बहादुर सुबेदी ज्य ले नेपालमा हाइड्रोपावर,]

पर्यटन ,शिक्षा,स्वास्थ ,बेन्किंग,सूचना जैबिक प्रबिधि,मिनरल वाटर लगायत बिबिध सेक्टरमा लगानी सम्भाम्बना छ र जापानिज कम्पनीहरुले नेपालमा लगानी गर्ने लाई नेपाल सरकार तथा राजदुताबासले जुन सुकै तरिकाले सहयोग सहजपन ल्याउन सहयोग गर्ने र दुई देश बीच आर्थिक बिकाशमा टेवा पुर्याउन तत्पर रहेको प्रस्ट पार्नु भयो !

उक्त कार्यक्रम सस्थाको अध्यक्षता गर्दै ड़ा.बलराम श्रेष्ठ ले बिश्वशान्ति कायम गर्ने आर्थिक सबलता लाई स्थान दिनु पर्छ र हरेक लगानी कर्ता ले कम्पनि मार्फत आर्थिक गति लाई गतिसिल बनाउन सके रोजगार र आर्थिक समस्या समाधान हुदै जान्छ र आर्थिक सम्ब्रित्दी ले समाज अनि रास्ट्र शान्त र सुसस्कृत बन्दै जाने हुनाले जापानको कम्पनीहरु लाइ नेपालमा लगानी गरि दुइ देश बिचको आथिक बिकासमा महत्वपूर्ण काम गर्न हार्दिक आवान् गर्नु साथै नबनियुक्त राजदुत डा.दुर्गा बहादुर सुबेदी लाई सफल कार्यकालको लागि फुलको गुच्छा प्रदान गरी बधाई तथा स्वागत गर्नु भयो कार्यकर्ममा नेपाल राजदुताबासको उप नियोग प्रमुख अम्बिका जोशी को बिसेष अतिथि हुनु हुन्त्योअन्तमा रात्री भोजको आयोजना गरि कार्यक्रम समापन गरिएको थियो ❘ 

थप फोटाहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार